Legal

Samsung Knox गोपनीयता नीति

लागूयोग्य मिति:  2021-01-08

Samsung Electronics Co., Ltd. (“Samsung”) लाई आफ्ना ग्राहक र उहाँहरूका कर्मचारी र साझेदारहरूका लागि गोपनीयता कत्तिको महत्त्वपूर्ण छ भन्ने कुरा थाहा छ र हामी तपाईंको जानकारी कसरी सङ्कलन, प्रयोग, खुलासा, स्थानान्तरण र भण्डारण गर्छौं भन्ने बारेमा स्पष्ट हुने प्रयास गर्छौं । गोपनीयता नीतिले यो गोपनीयता नीति (समग्रमा, “व्यावसायिक सेवाहरू”) लिङ्क गर्ने वा सन्दर्भ गर्ने Samsung Knox वा अन्य सेवाहरूमार्फत संकलन गरिएका व्यक्तिगत जानकारीको सम्बन्धमा हाम्रा जानकारी अभ्यासहरूको रूपरेखा उपलब्ध गराउँछ ।

यो गोपनीयता नीति व्यावसायिक सेवाहरूका सम्बन्धमा हाम्रो व्यक्तिगत जानकारीका अभ्यासमा आउने परिवर्तन वा प्रचलित कानूनमा आएका परिवर्तनहरूलाई प्रतिबिम्बित गर्न आवधिक रूपमा अद्यावधिक हुन सक्नेछ । हामी यसलाई पछिल्लो पटक कहिले अद्यावधिक गरिएको थियो भनेर यस गोपनीयता नीतिको शीर्षमा संकेत गर्नेछौं । हामीले गोपनीयता नीति अद्यावधिक गर्‍यौं भने, हामी तपाईंलाई व्यावसायिक सेवाहरू बारे सूचना राखेर वा उपयुक्त हुँदा तपाईंलाई इमेल गरेर सामग्री हो भनी मानेका परिवर्तनहरू बारे अग्रिममा थाहा दिनेछौं ।

हामी तपाईं बारे कस्तो जानकारी संकलन गर्छौं ?

हामीले व्यावसायिक सेवाहरूसँग सम्बन्धित विभिन्न प्रकारका व्यक्तिगत जानकारी संकलन गर्न सक्छौं ।

उदाहरणको लागि:

  • हामीले तपाईंको नाम, ठेगाना, इमेल ठेगाना, देश र सम्पर्क विवरणहरू, कार्य शीर्षक र पद, कम्पनी, दर्ता विवरणहरू, व्यवस्थित यन्त्रहरू बारे जानकारी (जस्तै IMEI, क्रम सङ्ख्या, मोडेल नाम) र तपाईंले हामीलाई पठाउने वा डेलिभर गर्ने कुनै पनि सञ्चार जस्ता तपाईंले उपलब्ध गराउने व्यक्तिगत जानकारी संकलन गर्न सक्छौं;
  • हामीले तपाईंको प्रयोगको समय र अवधि; हामीले तपाईंको यन्त्रमा सेट गरेका कुकीहरूमा भण्डार गरिएका जानकारी; र तपाईंको यन्त्रका सेटिङहरू बारे जानकारीसहित व्यावसायिक सेवाहरूको तपाईंको प्रयोग बारे डाटा संकलन गर्न सक्छौं;
  • हामी तपाईं वा तपाईंको रोजगारदाताले खरिद गरेका वा प्राप्त गरेका उत्पादन र सेवाहरू बारे जानकारी र कारोबारसँग सम्बन्धित उपलब्ध गराइएका भुक्तानी डाटा र अन्य जानकारी संकलन गर्न सक्छौं;
  • हामीले तपाईंको रोजगारदाता वा सेवा प्रदायकबाट वा हामीले तपाईंबाट वा तपाईंको बारेमा प्राप्त गरेका अन्य जानकारीसँग संयोजन गर्न सक्ने सार्वजनिक रूपमा वा व्यावसायिक रूपमा उपलब्ध स्रोतहरू (कानून अनुसार अनुमति दिइए अनुसार) बाट प्राप्त गरेका तपाईं बारे व्यक्तिगत जानकारी प्राप्त गर्न पनि सक्छौं ।

हामी तपाईंको जानकारी कसरी प्रयोग गर्छौं ?

हामीले सङ्कलन गरेको जानकारीलाई निम्न प्रयोजनहरूका लागि प्रयोग गर्न सक्छौं:

  • तपाईं (वा तपाईंको रोजगारदाता) ले अनुरोध गर्नुभएका उत्पादन र सेवाहरू उपलब्ध गराउन र तपाईं वा तपाईंको यन्त्र दर्ता वा प्रमाणित गर्न;
  • तपाईंको कम्पनीको खरिद इतिहास र सेवा रेकर्ड र अनुरोध गरिँदा अन्य सान्दर्भिक जानकारी बारे विचार गर्ने उत्कृष्ट र थप अनुकूलित उत्पादन र सेवाहरू प्रदान गर्न;
  • प्रचलित कानून अनुसार आवश्यक भएको अवस्थामा, तपाईंलाई नयाँ उत्पादन र सेवाहरू बारे जानकार गराउन तपाईंको छुट्टै सहमतिको अधीनमा;
  • हाम्रो बजार, ग्राहक, उत्पादन र सेवाहरू (तपाईंलाई हाम्रो उत्पादन र सेवाहरूमा तपाईंका विचारहरू लागि सोध्ने र ग्राहक सर्वेक्षण पूरा गर्ने सहित) को मूल्याङ्कन र विश्लेषणको लागि;
  • कम्पनीहरूले व्यावसायिक सेवाहरू प्रयोग गर्ने तरिका बारे बुझ्न जसकारण हामी तिनीहरू सुधार्न र नयाँ उत्पादन र सेवाहरू विकास गर्न सक्छौं;
  • मर्मत-सम्भार सेवाहरू उपलब्ध गराउन र व्यावसायिक सेवाहरू बारे पर्याप्त सुरक्षा स्तर कायम गर्न;
  • Samsung वा हाम्रा कुनै पनि विशेष सम्बद्ध कम्पनी, व्यावसायिक साझेदार, कर्मचारी वा ग्राहकहरूका अधिकार, सम्पत्ति वा सुरक्षा सुरक्षित गर्न (उदाहरणका लागि, कानूनी कार्यविधि, आन्तरिक अनुसन्धान र सक्षम प्राधिकारीहरूद्वारा गरिने अनुसन्धानहरू); र
  • अन्यथा तपाईंको छुट्टै सहमति वा तपाईंको जानकारी संकलन गरिएको समयमा व्याख्या गरिए अनुसार ।

व्यावसायिक सेवाहरूद्वारा, हामीले समय बित्दै जाँदा वेबसाइटहरूमा र यन्त्रहरूमा जडान गरिएका र तेस्रो पक्षीय वेबसाइट, यन्त्र, एप तथा अन्य अनलाइन सुविधा र सेवाहरूमा भएका तपाईंका अनलाइन क्रियाकलापहरूको बारेमा व्यक्तिगत जानकारी सङ्कलन गर्न सक्नेछौं । हामीले Google Analytics का जस्ता, व्यावसायिक सेवाहरूमा भएका तेस्रो पक्षीय एनालिटिक्स सेवाहरू प्रयोग गर्न सक्नेछौं । यी विश्लेषणात्मक सेवाहरूको प्रबन्ध मिलाउने सेवा प्रदायकहरूले हामीलाई तपाईंको व्यावसायिक सेवाहरूको प्रयोग विश्लेषण गर्न र व्यावसायिक सेवाहरू सुधार्न मद्दत गर्छन् । हामीले प्राप्त गरेका जानकारीलाई जानकारीको प्रयोग गर्ने ती प्रदायक र अन्य सम्बन्धित तेस्रो-पक्षहरूसँग प्रत्यक्ष रूपमा खुलासा गरिएको वा उनीहरूद्वारा सङ्कलन गरिएको हुन सक्छ (उदाहरणका लागि: व्यावसायिक सेवाहरूको प्रयोग मूल्याङ्कन गर्न, व्यावसायिक सेवाहरूको प्रबन्ध मिलाउन र प्रावधिक समस्याहरू निदान गर्न मद्दत गर्न) । Google Analytics बारेमा थप जान्नको लागि, कृपया http://www.google.com/analytics/learn/privacy.htmlhttps://www.google.com/policies/privacy/partners/ भिजिट गर्नुहोस् ।

हामी तपाईंको जानकारी कोसँग खुलासा गर्छौं ?

तपाईंको सहमति बिना हामी तपाईंको जानकारी तेस्रो पक्षको आफ्नो स्वतन्त्र बजार व्यवस्थापन वा व्यावसायिक उद्देश्यहरूको लागि खुलासा गर्दैनौं । तर हामीले तपाईंका जानकारी निम्न संस्थाहरूसँग साझा गर्न सक्छौं:

·         Samsung का सम्बद्ध कम्पनीहरू;

·         तेस्रो पक्षहरू, तपाईंलाई अनुरोध गरिएका उत्पादन र सेवाहरू उपलब्ध गराउन आवश्यक हुँदा । उदाहरणका लागि, हामीले तपाईंको भुक्तानी डाटा तपाईंले अनुरोध गर्नुभएका कारोबारहरू प्रक्रिया गर्न उपयुक्त भए अनुसार वित्तीय संस्थाहरूलाई खुलासा गर्न सक्छौं;

·         हाम्रो लागि वा हाम्रो तर्फबाट सेवाहरू उपलब्ध गराउने कम्पनीहरू, जस्तै हामीलाई बिलिङ प्रक्रियामा मद्दत गर्ने कम्पनीहरू;

·         अन्य पक्षहरू: (i) कानून अनुसार अनुपालन गर्न वा अनिवार्य कानूनी प्रक्रियाको प्रतिक्रिया जनाउन (जस्तै वारेन्ट वा अन्य अदालतसम्बन्धी आदेश खोज्न); (ii) हाम्रा व्यावसायिक सेवाहरू नियन्त्रण गर्न नीतिहरूसँग अनुपालना प्रमाणित वा कार्यन्वयन गर्न; (iii) Samsung वा हाम्रा कुनै पनि विशेष सम्बद्ध कम्पनी, व्यावसायिक साझेदार वा ग्राहकहरूका अधिकारहरू, सम्पत्ति वा सुरक्षा सुरक्षित गर्न; (iv) मर्जर वा स्थानान्तरणको हिस्साको रूपमा वा दिवालियापनको अवस्थामा;

·         तपाईंले त्यस्ता साझेदारीमा सहमति जनाउँदा वा अनुरोध गर्दा अन्य तेस्रो पक्षहरूसँग ।

तपाईंले वेबसाइट, मोबाइल एप्लिकेसन वा अन्य अनलाइन सेवाहरू (जस्तै बुलेटिन बोर्डहरू) का सार्वजनिक क्षेत्रहरूमा गर्ने प्रस्तुतीकरण व्यावसायिक सेवाहरूका अन्य प्रयोगकर्ताहरूले देख्न सक्छन् । हामीले व्यावसायिक सेवाहरूका अन्य प्रयोगकर्ताहरूले यो जानकारी कसरी प्रयोग गर्न सक्छन् भन्ने कुरा नियन्त्रण गर्दैनौं र यसका लागि जिम्मेवार छैनौं । उदाहरणका लागि, तपाईंले सार्वजनिक क्षेत्रहरूमा पेश गर्ने व्यक्तिगत जानकारी तपाईंलाई अप्रार्थित सन्देशहरू पठाउन वा अन्य प्रयोजनहरूका लागि अन्य मानिसहरूद्वारा संकलन र प्रयोग गर्न सकिन्छ ।

हामी तपाईंको जानकारी सुरक्षित राख्न के गर्दछौं ?

हामीले व्यावसायिक सेवाहरूको सम्बन्धमा संकलन गरेका जानकारी सुरक्षित गर्न डाबेस इन्क्रिप्शनसहित उपयुक्य भौतिक र प्राविधिक मापनहरू गरेका छौं । यद्यपि, हामीले तपाईंका जानकारीको सुरक्षा गर्न उपयुक्त कदमहरू चालेपनि, कृपया कुनै पनि वेबसाइट, इन्टरनेट प्रसारण, कम्प्युटर प्रणाली वा वायरलेस जडान पूर्णतया सुरक्षित हुँदैनन् भन्ने कुरा याद राख्नुहोस् ।

हामीले तपाईंका जानकारी कहाँ स्थानान्तरण गर्छौं ?

तपाईंको व्यावसायिक सेवाहरूको प्रयोग र सहभागितामा यस नीतिसँग समान तपाईं बस्ने देश बाहिरका तपाईंको जानकारीको स्थानान्तर, भण्डार र प्रक्रिया समावेश हुन सक्छ । कृपया याद राख्नुहोस् जुन देशहरूमा तपाईंका जानकारीहरू पठाइन सक्छन् ती देशहरूका डाटा संरक्षण तथा अन्य कानुनहरू तपाईंको देशमा भएका कानुनहरू जत्तिकै व्यापक नहुन सक्छन् । तपाईंका व्यक्तिगत जानकारी सुरक्षित राखिएको कुरा सुनिश्चित गर्नको लागि हामी प्रचलित कानून अनुसार उपयुक्त उपायहरू अपनाउनेछौँ ।

तपाईं आफ्नो जानकारी पहुँच गर्न सक्नुहुन्छ ?

केही न्यायक्षेत्रहरूका कानुनहरू अन्तर्गत, तपाईंसँग हामीले तपाईंको बारेमा संकलन गर्ने जानकारीको बारेमा विस्तृत विवरणहरूका लागि अनुरोध गर्ने र जानकारीमा भएका अशुद्धताहरू सच्याउने अधिकार रहेको हुनसक्छ । हामी अनायासै दोहोरिने, विषम प्राविधिक मेहनत आवश्यक पर्ने, अन्य मानिसहरूको गोपनीयतालाई खतरामा हाल्ने, एकदमै अव्यवहारिक वा स्थानीय कानून अनुसार अन्य प्रकारले पहुँच आवश्यक नभएका अनुरोधहरू प्रसाधन गर्न अस्वीकार गर्न सक्नेछौं । तपाईं आफ्नो जानकारी पहुँच गर्न अनुरोध गर्न चाहनुहुन्छ भने, कृपया यस गोपनीयता नीतिको सम्पर्क गर्नुहोस् खण्डमा उल्लेखित विधिहरूद्वारा हामीलाई सम्पर्क गर्नुहोस् ।

तपाईंले व्यक्तिगत सूचना मेटाउन अनुरोध गर्नुभयो भने, तपाईंले व्यावसायिक सेवाहरू पहुँच गर्न वा प्रयोग गर्न असक्षम हुन सक्नुहुन्छ र बाँकी रहेका व्यक्तिगत सूचना केही समयका लागि Samsung को रेकर्ड र अभिलेखालयमा रहन सक्नेछन् र तर Samsung ले उक्त सूचनालाई व्यापारिक प्रयोजनका लागि प्रयोग गर्ने छैन भनी तपाईं स्वीकार गर्नुहुन्छ । तपाईं आफ्नो विलोपनको अनुरोध भएपनि, Samsung ले Samsung वा हाम्रा कुनै पनि विशेष सम्बद्ध कम्पनी, व्यावसायिक साझेदार, कर्मचारी वा ग्राहकहरूको अधिकार, सम्पत्ति वा सुरक्षा सुरक्षित गर्न आवश्यक हुँदा Samsung को प्रयोगका सर्तहरू उल्लङ्घन गरेकोमा वेबसाइटमा तपाईंको पहुँच निलम्बन, सीमित वा समाप्त गरेको भएमा, Samsung ले तपाईंका व्यक्तिगत जानकारी वा यसका केही भाग राख्ने अधिकार आरक्षित गर्छ भन्ने कुरा बुझ्नुहुन्छ ।

हामीले तपाईंको जानकारी कत्तिको लामो समयसम्म राख्छौं ?

हामी जुन उद्देश्यका लागि जानकारी संकलन गरिएको हो त्यसका लागि वा कुनै करार अन्तर्गत वा प्रचलित कानून अनुसार आवश्यक रहेसम्म मात्र तपाईं बारेको जानकारी धारण गर्दछौं भनी सुनिश्चित गर्न हामी उपयुक्त कदमहरू चाल्दछौं ।

हाम्रा सेवाहरूमा तेस्रो-पक्ष लिङ्क उत्पदानहरू

हाम्रा व्या‍वसायिक सेवाहरू हाम्रो नियन्त्रण बाहिर रहेका तेस्रो-पक्ष वेबसाइटहरू तथा सेवाहरूमा लिङ्क भएका हुन सक्छन् । हामी ती वेबसाइटहरू वा अन्य सेवाहरूद्वारा सङ्कलन गरिएका कुनै पनि जानकारीको सुरक्षा र गोपनीयताका लागि जिम्मेवार हुँदैनौं । तपाईंले आफूले प्रयोग गर्ने तेस्रो पक्ष वेबसाइटहरू र सेवाहरूमा लागू हुने गोपनीयता कथनहरू प्रति सावधानी अपनाउने तथा समीक्षा गर्नुपर्दछ ।

कुकी, बिकन यस्तै प्रविधिहरू

 साथसाथै हाम्रा व्यावसायिक सेवाहरूमा सामग्री, विज्ञापन वा अन्य प्रकार्यहरू उपलब्ध गराउने केही तेस्रो पक्षहरूका लागि, हामीले हाम्रा व्यावसायिक सेवाहरूका केही क्षेत्रहरूमा कुकी, बिकन र अन्य प्रविधिहरू प्रयोग गर्न सक्छौं ।

कुकीहरू

कुकीहरू भनेका साना फाइलहरू हुन् जसले तपाईंको यन्त्र बारे जानकारी भण्डार गर्दछन् । तिनीहरूले तपाईंको यन्त्रमा कुकी राख्ने संस्थालाई तपाईंलाई विभिन्न वेबसाइट, सेवा, यन्त्र र/वा ब्राउजिङ सत्रहरूमा पहिचान गर्न सक्षम बनाउँछन् । कुकीहरूले धेरै उपयोगी प्रयोजनहरूमा सेवा प्रदान गर्छन् । उदाहरणको लागि:

कुकीहरूले तपाईंका साइन इन पत्यारपत्र याद राख्न सक्दछन् जसले गर्दा तपाईंले सेवामा लग अन गर्दा हरेक पटक ती पत्यारपत्र प्रविष्ट गर्नु पर्दैन ।

कुकीहरूले हामीलाई र तेस्रो पक्षहरूलाई हाम्रा व्यावसायिक सेवाहरूका कुन-कुन भागहरू सबैभन्दा बढी लोकप्रिय छन् भन्ने कुरा बुझ्नमा मद्दत गर्दछन् किनभने तिनिहरूले हामीलाई आगन्तुकहरूले कुन-कुन पृष्ठहरू र सुविधाहरू पहुँच गरिरहेका छन् र ती पृष्ठहरूमा तिनिहरूले कति समय बिताइरहेका छन् भन्ने कुरा हेर्न मद्दत गर्दछन् । यस किसिमको जानकारी अध्ययन गरेर, व्यावसायिक सेवाहरू अनुकूल गर्न र तपाईंलाई अझ राम्रो अनुभव प्रदान गर्न हामी अझ राम्ररी सक्षम हुन्छौं ।

कुकीहरूले हामीलाई र तेस्रो पक्षहरूलाई तपाईंले कुन-कुन विज्ञापनहरू हेर्नुभएको छ भन्ने कुरा बुझ्नमा मद्दत गर्दछन् जसले गर्दा हरेक पटक MSS सेवामा पहुँच गर्दा तपाईं उही विज्ञापन प्राप्त गर्नुहुन्न ।

कुकीहरूले हामीलाई र तेस्रो पक्षहरूलाई तपाईंले गर्नुभएको हाम्रा व्यवसायिक सेवाहरू र अन्य वेबसाइटहरू तथा अनुप्रयोगहरू प्रयोग बारेमा जानकारी संकलन गरेर प्रासङ्गिक सामग्री तथा विज्ञापन प्रदान गर्नमा मद्दत गर्दछन् ।

तपाईंले व्यावसायिक सेवाहरू पहुँच गर्न वेब ब्राउजरको प्रयोग गर्दा, तपाईं सबै कुकीहरू स्वीकार गर्न, सबै कुकीहरू अस्वीकार गर्न वा कुकीहरू कहिले पठाइन्छ भनी आफूलाई सूचित गर्न आफ्नो ब्राउजर कन्फिगर गर्न सक्नुहुन्छ । हरेक ब्राउजर फरक हुन्छ, त्यसैले आफ्ना कुकी प्राथमिकताहरू कसरी परिवर्तन गर्ने भन्न बारेमा थाहा पाउनका लागि आफ्नो ब्राउजरको “मद्दत” मेनु जाँच्नुहोस् । तपाईंको यन्त्रको सञ्चालन प्रणालीमा कुकीहरूका लागि अतिरिक्त नियन्त्रणहरू समावेश भएका हुन सक्छन् ।

कृपया याद गर्नुहोस्, तथापि, केही व्यावसायिक सेवाहरू कुकीहरू प्रयोग गरेर काम गर्नका लागि तयार गरिएका हुन्छन् र कुकीहरू असक्षम गर्नाले ती व्यावसायिक सेवाहरू वा तिनिहरूका केही अंशहरू प्रयोग गर्ने तपाईंको क्षमतालाई प्रभावित गर्न सक्छ ।

अन्य स्थानीय भण्डारण

केही तेस्रो पक्षहरूका साथसाथै हामी हाम्रा व्यावसायिक सेवाहरूका सम्बन्धमा अन्य किसिमका स्थानीय भण्डारण प्रविधिको प्रयोग गर्न सक्नेछौं, जस्तै स्थानीय रूपमा साझा गरिएका वस्तुहरू (“Flash कुकीहरू” को नामले पनि चिनिन्छ) र HTML5 स्थानीय भण्डारण । माथि छलफल गरिएका कुकीहरू जस्तै समान यी प्रविधिहरू तपाईंको यन्त्रमा भण्डारण हुन्छन् र तपाईंका क्रियाकलापहरू र रुचिहरूका बारेमा निश्चित जानकारी भण्डारण गर्न प्रयोग गरिन सक्छन् । यद्यपि, यी प्रविधिहरूले सामान्य कुकीहरूले भन्दा तपाईंको यन्त्रका फरक अंशहरूको प्रयोग गर्न सक्दछन्, र जसले गर्दा तपाईं तिनिहरूलाई सामान्य ब्राउजर उपकरणहरू र सेटिङहरू प्रयोग गर्नबाट नियन्त्रण गर्न सक्षम नहुन सक्नुहुन्छ । फ्ल्याश कुकीहरूमा समावेश भएका जानकारी असक्षम गर्ने वा मेटाउने बारे जानकारीका लागि, कृपया यहाँ क्लिक गर्नुहोस् ।

बिकनहरू

केही तेस्रो पक्षहरूका साथसाथै हामी बिकनहरू (वा “पिक्सेल्स”) भनिने प्रविधिहरू पनि प्रयोग गर्न सक्नेछौं जसले जानकारीलाई तपाईंको यन्त्रबाट सर्भरसम्म पुर्‍याउँछ । बिकनहरू अनलाइन सामग्रीहरू, भिडियोहरू, र इमेलमा अन्तर्स्थापित हुन सक्छन् र सर्भरलाई तपाईंको यन्त्रको बारेमा निश्चित प्रकारका जानकारीहरू पढ्ने, तपाईंले कुनै विशेष सामग्री वा कुनै विशेष इमेल संदेश कहिले हेर्नुभएको छ भनी थाहा पाउने, तपाईंले बिकन हेर्नुभएको समय र मिति निर्धारण गर्ने तथा तपाईंको यन्त्रको IP ठेगाना थाहा पाउने अनुमति प्रदान गर्न सक्छ । हामी र केही तेस्रो पक्षहरूले, हाम्रा व्यावसायिक सेवाहरूको प्रयोगलाई विश्लेषण गर्ने, तथा (कुकीहरूको संयोजनमा) तपाईंका लागि बढी उपयुक्त सामग्री र विज्ञापनहरू प्रदान गर्ने लगायतका विभिन्न प्रयोजनहरूका लागि बिकनहरूको प्रयोग गर्दछौं ।

हाम्रा व्यावसायिक सेवाहरू पहुँच तथा प्रयोग गरेर, तपाईं कुकीहरू, अन्य स्थानीय भण्डारण प्रविधिहरू, बिकनहरू र तपाईंका यन्त्रहरूमा भएका अन्य जानकारीहरूको भण्डारणका लागि सहमति प्रदान गर्नुहुन्छ । तपाईं हामी र तेस्रो पक्षद्वारा गरिने माथि उल्लिखित उक्त कुकीहरू, स्थानीय भण्डारण प्रविधिहरू, बिकनहरू र जानकारीहरूको पहुँचका लागि पनि सहमति प्रदान गर्नुहुन्छ ।

सम्पर्क गर्नुहोस्

तपाईंसँग यस नीतिसँग सम्बन्धित कुनै पनि प्रश्न छ भने, कृपया हामीलाई निम्नमा सम्पर्क गर्नुहोस्:

Samsung Electronics Co., Ltd.

Mobile Division B2B PM समूह

dataprivacy@samsungknox.com

Back to top